काठमाडाैं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स (नाइमा)को प्रदर्शनीमा आज बुधबारदेखि भृकुटीमण्डमा शुरु भएको छ । अर्थमन्त्री विष्ण्प्रसाद पौडेलले उद्घाटन गरेको यो प्रदर्शनी पारिवारिक प्रदर्शनी हुने बताइएपनि प्रवेशद्वार कट्ने बित्तिकै भड्किलो पहिरनमा सवारीसँगै टाँसिएर बसेका युवतीहरुका कारण भने केही असहज पाइएको छ । युवतीहरुको पहिरन हेर्दा लाग्छ, अटो शो होइन कि युरोपको कुनै क्लबमा छिरिएको हो…