काठमाडौं । नेपाल विद्युत प्राधिकरणले श्वेतपत्र तत्काल सार्वजनिक नगर्ने भएको छ । प्राधिकरणले प्राविधिक कारण देखाउँदै श्वेतपत्र अनिश्चितकालका लागि स्थगित गरेको हो । बर्खास्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकालमा भए, गरेका काम र आर्थिक अवस्था देखाउन प्राधिकरणले श्वेतपत्र सार्वजनिक गर्ने तयारी गरे पनि तत्कालका लागि स्थगित भएको प्राधिकरण स्रोतले बतायो । प्राधिकरणमा कुलमान बर्खास्तमा…