काठमाडौं । सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न आमसञ्चार प्रतिष्ठान गठनको तयारी गरेको बताएकी छिन् । मिडिया एड्भोकेसी ग्रुप (म्याग नेपाल)ले परराष्ट्र मामिलामा पत्रकार महिलाकोे अवस्थाबारेको अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा मन्त्री शर्माले आमसञ्चार ऐन ल्याउन आफुले पहल गरिरहेको र ऐन पास हुने वित्तिकै आम सञ्चार प्रतिष्ठान स्थापना गर्ने बताएकी हुन् ।…