Logo

समाचार

सुन्दर यातायातका अध्यक्षले गरे पत्रकारमाथि दुर्व्यवहार



काठमाडौं । सुन्दर यातायातका सञ्चालक भेषबहादुर थापामाथि रिपोर्टिङका क्रममा सञ्चारकर्मीमाथि दुर्व्यवहार गरेको आरोप लागेको छ । टेकपाना मिडिया प्रालिले बिहीबार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै पत्रकारद्वय हरिजंग थापा र गणेश सुवेदीमाथि दुर्व्यवहार भएको भन्दै उक्त घटनाको निन्दा गरेको छ ।

सुन्दर यातायात अन्तर्गतको सुन्दर अटो इन्जिनियरिङले नेपालमा तयार पारिरहेको भनिएको विद्युतीय बाइकको रिपोर्टिङका लागि बुधबार टेकपानाका थापा र सुवेदी कम्पनीको वर्कशप पुगेका थिए । त्यसैक्रममा कम्पनीका अध्यक्ष थापाले अमर्यादित शब्द प्रयोग गर्दै दुर्व्यवहार गरेको टेकपानाले जनाएको छ ।
घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै टेकपानाले आफ्नो पेशागत जिम्मेवारी र दायित्वअन्तर्गत रिपोर्टिङका लागि खटिएका आफ्ना सञ्चारकर्मीमाथि भएको दुर्व्यवहारको घटनाप्रति खेद व्यक्त गरेको छ ।

कम्पनीका अध्यक्ष थापाले नै आफ्नो कम्पनीले विकास गरिरहेको विद्युतीय मोटरसाइकलको विषयमा जानकारी दिएर रिपोर्टिङका लागि अनुरोध गरेका थिए । सुन्दर यातायातका कर्मचारीसँगको समन्वयमै टेकपाना प्रतिनिधिले कम्पनीले विकास गरिरहेको विद्युतीय बाइकको विषयमा बुधबार रिपोर्टिङ गर्दा ब्याट्रीको फोटो खिचेको भन्दै उनले अमर्यादित शब्द प्रयोग गर्दै दुर्व्यवहार गरेका थिए ।

प्रकाशित मिति : बैशाख २१, २०८० बिहीबार  ८ : ०४ बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।