काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूको अबदेखि विद्युतीय हाजिरी हुने भएको छ । यसअघि सांसदहरूको हाजिरी रजिस्टरमा हुँदै आएको थियो ।
प्रतिनिधिसभा कार्यव्यवस्था समितिको आइतबारको बैठकले अबदेखि सांसदहरूको हाजिरी संसद्को वेबसाइटमार्फत सोही दिन सार्वजनिक पनि गरिने सभामुख देवराज घिमिरेले जानकारी दिएका छन् ।
सांसदहरूको विद्युतीय हाजिरीको व्यवस्था नहुँदा उपस्थित÷अनुपस्थित सांसदबारे जानकारी नहुने र कोरम समेत नपुग्नेजस्ता समस्या हुँदै आएको थियो । विद्युतीय हाजिरीपछि उक्त समस्या हट्ने सभामुख घिमिरेको विश्वास छ ।
‘सदनमा माननीयहरूको उपस्थिति कमजोर छ । सांसद तलबभत्ता खान आए भन्ने आम बुझाइ छ । यो हाम्रो लागि राम्रो होइन । सबै दल र माननीयहरूको ध्यानाकर्षण गराउँछु’, कार्यव्यवस्था बैठकमा सभामुखले भनेका थिए ।





















प्रतिक्रिया