Logo

समाचार

सञ्चार क्षेत्रको पुनःसंरचनाका लागि सरकार क्रियाशील छ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली सञ्चार क्षेत्रको पुनःसंरचनाका लागि सरकार क्रियाशील रहेको बताएका छन् ।

उनले सञ्चारसम्बन्धी नयाँ कानुन र संरचना निर्माणका साथै सञ्चार क्षेत्रका समस्या समाधानका लागि सरकार प्रयत्नशील रहेको उल्लेख गरेका छन् ।

राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै प्रधानमन्त्रीले सम्पूर्ण सञ्चारकर्मीका साथै आम जनसमुदायमा शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीले भनेका छन् , ‘नेपाली सञ्चार क्षेत्रको पुनःसंरचना, सञ्चारसम्बन्धी नयाँ कानुन र संरचना निर्माणका साथै सञ्चार क्षेत्रका समस्या समाधानका लागि सरोकार पक्षसँग व्यापक सहकार्य गर्ने वातावरण बनोस, यही शुभकामना ।’

प्रकाशित मिति : बैशाख २४, २०८० आईतबार  १२ : २१ बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।