बुटवलमा शनिबार सरकारको कार्यशैलीको विरोधमा नेपाली कांग्रेस निकट नेपाल महिला संघले प्रदर्शन गर्दै गृहमन्त्रीको राजीनामा माग गरेको छ। गृहमन्त्री रामबहादुर थापा बादलले शान्तिसुरक्षा, महिला तथा बालबालिका माथि भएका हिंसाका घटनामा चासो नदेखाएको भन्दै संघले सडकबाटै राजीनामा माग गरेको हो। दण्डहीनतालाई प्रश्रय दिएको, निर्मला हत्याकाण्डबारे गम्भीर नभएको, दोषीलाई कारबाहीको दायरामा ल्याउन नसकेको, महिला तथा बालबालिका हिंसाबारे…