सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैले समर्थन गरेको केपी ओली नेतृत्वको सरकारमाथि प्रश्न उठाएका छन्।
प्रचण्डले संविधान अनुसार सरकार चल्न नसकेको घुमाउरो भाषामा आफ्नै पार्टीको सरकारमाथि प्रश्न उठाएपछि पूर्व एमालेका नेताहरु चाकित परेका छन्। उनले सरकारद्धारा ल्याइएका ऐन कानून संविधानको मर्मअनुसार छन् की छैनन् भन्ने विषयमा गम्भीर प्रश्न उठेको शुक्रबार एक सार्वजनिक कार्यक्रममा बताए।
प्रचण्डले कसैको नाम नलिएर, माओवादीलाई सिध्याइहालियो, अब जे गरे पनि हुन्छ भन्ने नठान्न घुमाउरो भाषामा प्रधानमन्त्री ओलीलाई चेतावनीसमेत दिए ।
उनले सरकार शान्ति सम्झौता र संविधानको मर्म विपरीत चलिरहेको गम्भीर आरोप पनि लगाए । स्थानीय र प्रदेश सरकारलाई दिएको संवैधानिक अधिकार प्रत्यायोजन गर्न सरकार तयार नभएको अध्यक्ष दाहालको आरोप छ ।
‘स्थानीय तह सञ्चालन ऐनः न्यायिक समिति, कार्यविधि र प्रक्रिया’ नामक पुस्तकको शुक्रबार काठमाण्डौमा विमोचन गर्दै उनले कानुन निर्माण, सुरक्षा, बजेट सबै विषयमा सरकारले प्रदेश र स्थानीय तहको अधिकार संकुचन गर्न खोजेको भन्दै आपत्ति समेत जनाए ।
अध्यक्ष दाहालले स्थिति यही रहिरहे मधेश र पहाडमा फरक फरक खालको आन्दोलनका सुरु हुने खतरा पनि औंल्याए । जनयुद्ध र जनआन्दोलनको मर्मअनुसार सरकारले काम नगरे मुलुकमा माओवादीभन्दा पनि ठूलो आन्दोलन हुने अध्यक्ष दाहालले दावी गरे। दहालको यस्तो भनाईले नेकपाका नेताहरु दुई भागमा बाँडिएका छन्।
स्रोतका अनुुसार ओली प्रचण्डबीच पूर्व सहमति अनुसार केही गम्भीर विषयमा कुरा नमिलेपछि प्रण्चड आक्रोशित भावमा सरकारको आलोचना गरेका हुन्।
प्रतिक्रिया