काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टीका सम्मानित नेता झलनाथ खनालले नेपाल र चीनबीचको सम्बन्ध सामान्य कार्यनीतिक मात्र नभई दूरगामी महत्त्वको रणनीतिक सम्बन्ध भएको बताएका छन् । शनिबारदेखि काठमाडौंमा सुरु भई सम्पन्न भएको ‘काष्ठमण्डप संवाद शृङ्खला–३’ को समापन समारोहलाई सम्बोधन गर्दै उनले विकसित भइरहेको विश्व तथा क्षेत्रीय भू–राजनीतिक परिस्थितिका बीच दुई देशको सम्बन्धले असाधारण महत्त्व…