काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर तथा कर्मचारीहरूले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत र उद्धारका लागि १ करोड ३८ लाख ९९ हजार ४ सय २५ रुपैयाँ आर्थिक सहयोग गरेका छन्। राष्ट्र बैंकका अनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। बाढीबाट प्रभावित व्यक्ति तथा परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले…