प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता रामशरण महतले मुलुकको आर्थिक अवस्था अत्यन्तै निराशाजनक रहेकोले बताउँदै लगानी कर्ताको पक्षमा कानून निर्माण गर्न अर्थमन्त्री युवराज खतिवडालाई सुझाएका छन् । पूर्वअर्थमन्त्री समेत रहेका नेता महतले देशमा महँगीले सीमा नाघेको र भ्रष्टाचार बढेको बताए। शनिबार रिपोर्टस क्लबको साक्षात्कारमा नेता महतले भने, ‘प्रधानमन्त्री डाबोस जानुभयो । अत्यन्तै राम्रो हो ।…