Logo

मनोरञ्जन

महोत्सवमा यस्तो सम्म हुन्छ जात्रा ! यस्ता छन् प्रमाण “पोस्टर सहित “



आजकल जहाँ पनि र जुन कलाकारलाई पनि महोत्सवको चटारो छ । हरेक जिल्लामा महोत्सवहरु आयोजना भैरहेका छन् । कतिपय महोत्सवहरु सफल हुन्छन् त कतिपय असफल । कतिपय आयोजकले सानो सानो गल्ती पनि हुन दिन्नन् । कतिपय आयोजकले साना देखि ठुला सम्म गल्ती कमजोरी गर्ने गर्छन् ।

कतिपय आयोजकले कलाकारलाई चिन्छ्न् त कतिपय आयोजकले कलाकारलाई समेत चिन्दैनन भन्ने कुरा कहिले काहीँ सुन्ने गरिन्थ्यो । तर आज एउटा प्रमाण पनि फेला परेको छ । जसको उदाहरण हो घोडा घोडी महोत्सव । घोडा घोडी उद्योग बाणिज्य संघ सुखड, कैलालीको आयोजनामा माघ १४ गते देखि २३ गते सन्चालित  रहेको घोडा घोडी महोत्सवको पोस्टरमा एउटा कलाकारको फोटो अर्को कलाकारको नाम रहेको छ ।

यस कारणले पनि थाहा हुन्छ कि आयोजकले नै कलाकार चिन्दा रहेन्छन् भन्ने कुराको पुष्टि हुन्छ । महोत्सबको व्यापार गर्ने ब्यक्ती र संस्थाले कलाकार नचिनेर होला त ? एक कलाकारको फोटो राख्ने अर्को कलाकारको नाम राख्ने कहाँ सम्मको उपयुक्त हो , त्यो त दर्शकहरुले नै मुल्यांकन गर्ने छन् ।

प्रकाशित मिति : माघ १९, २०७५ शनिबार  ४ : ३३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।