एलपी ग्यास उद्योगीहरुले घोषणा गरेको आन्दोलनका कार्यक्रमहरुमा ग्यास बिक्रेता महासंघ नेपालले ऐक्वेवद्धता जनाएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर उद्योगीहरुको आन्दोलनमा आफ्नो पनि समर्थन रहेको र माग पुरा नभए ग्यास बिक्रि वितरण ठप्प पार्ने चेतावनी दिएका हुन् । यस अघि गत बिहीबार उद्योगीहरुले पत्रकार सम्मेलन गरेर आफ्ना १० वटा मागहहरु पुरा नभए १० दिनभित्र…