विश्व बैंकले नेपाललाई रु. ५ अर्ब ८७ करोड रुपैंयाँ सहयोग उपलब्ध गराउने सम्झौता भएको छ । नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्रको सुदृढिकरण कार्यक्रम कार्यान्वयनका लागि सघाउ पुर्याउने उदेश्यले सहयोग उपलब्ध गराउने सम्झौता भएको हो । सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासीनी र नेपालका लागि बैंकका राष्ट्रिय निर्देशक फेरिस हदाद जार्वोसले हस्ताक्षर गरेका छन्…