काठमाडौं । अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘इन्डिजिनियस युथ एज एजेन्ट्स अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ अर्थात आत्मणिर्यको लागी परविर्तनको संवाहक आदिवासी युवाहरू भन्ने मुल नाराका साथ देशभरि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको हो । दिवसका अवसरमा आज आदिवासी जनजाति महासङ्घले दिउँसो नेपाल प्रज्ञा–प्रतिष्ठानमा कार्यक्रम आयोजना गरेको छ…