काठमाडौं । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री डिल्ली चौधरीले आज तीन जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मुख्यमन्त्री चौधरीले नेपाली कांग्रेसबाट राजु खनाल, जसपाबाट भण्डारीलाल अहिर र जनमत पार्टीबाट चन्द्रकेश गुप्तालाई थपेर सात सदस्सीय मन्त्रिपरिषद् बनाएका हुन् । कांग्रेसका खनाल स्वास्थ्यमन्त्री, जनमतबाट गुप्ता सामाजिक विकासमन्त्री, जसपाबाट अहिर कृषिमन्त्री बनेका छन्…