Logo

सौहार्दपूर्ण सम्बन्ध विकासका लागि एमालेले सुरु गरेको प्रयास स्वागतयोग्य : नेकपा एस

काठमाडों । नेकपा एकीकृत समाजवादीले आफ्नो अस्तित्वमाथि नै प्रश्न उठाउँदै आएको नेकपा एमालेले सौहार्दपूर्ण सम्बन्धका लागि सुरु गरेको प्रयास स्वागतयोग्य भएको बताएको छ । एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङसहितको प्रतिनिधिमण्डलसँगको भेटघाटपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले यस्तो प्रतिक्रिया दिएका हुन् । उपमहासचिव खतिवडाले, ‘नेकपा एमालेले हाम्रो अस्तित्वमाथि अनेकौँ पटक अनेकौँ कुरा भनेको…