संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी भएको एक वर्ष नबित्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग खटपट शुरु भएको छ । सरकारले फोरम नेपालको कुनै पनि मागको सुनुवाई नगरेपछि कडा रुपमा प्रस्तुत हुने पार्टीले निर्णय गरेको हो । दुई बुँदे सम्झौता गर्दै सरकारमा सहभागी भए यता सहमतिको पहिलो नम्बर बुँदा मात्र कार्यान्वयन भएको छ…