केही दिनअघि मात्र दुई राप्रपाले गरेको एकतामाथि उनीहरुकै पार्टीका नेताहरुले प्रश्न उठाएका छन्। एकिकृत भएका राप्रपा (प्रजातान्त्रिक) र एकिकृत राप्रपा (राष्ट्रवादी) का नेताहरुले आफूहरु एकता प्रक्रियामा संलग्न नभई कसरी एकता भयो भनी प्रश्न उठाएका हुन्।
राप्रपा (प्र) का बरिष्ठ उपाध्यक्षद्वय दीपक बोहोरा र केशरबहादुर बिष्टले मंगलबार छुट्टै भेला गरी राणा र डा लोहनीबीचको एकतालाई चुनौती दिएका छन्।
सो भेलामा डा लोहनी नेतृत्वको पूर्व पार्टी एराप्रपा (रा) का पार्टीका बरिष्ठ उपाध्यक्ष डा सुश्मा आचार्य ,महामन्त्रीद्वय केसब श्रेष्ठ र तीर्थलाल श्रेष्ठपनि सहभागी थिए। भेलामा बिष्ट र पूर्व मन्त्रीसमेत रहेका बोहोरा लगायत असन्तुष्ट नेताहरु पनि सहभागि थिए।
अध्यक्षद्वय राणा र डा लोहनीको कदम अबैधानिक भएको बताउँदै उनीहरुले सो कदम सच्याएर राप्रपा नामधारी सबै पार्टीबीचको एकतामा जोड दिएका छन्। राप्रपा नामधारी सबै दलबीच एकताको पहल नगरे दुबै ‘अध्यक्ष’ लाई ‘पार्टीले कार्बाही’ गर्ने चेतावनी पनि उनीहरुले दिएका छन्। उनीहरुले राप्रपा (प्र) र एराप्रपा (रा)बीच एकता नभई राप्रपा (संयुक्त) नामको नयाँ दल मात्र गठन भएको दावी समेत गरेका छन्।





















प्रतिक्रिया