Logo

प्रमुख समाचार

मध्यराती सरकारका प्रवक्तालाई कसले तर्सायो ?



सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले नेपाल टेलिकमको फोरजी सेवा विस्तार गर्न खोज्दा अनेक दबाव र उल्झन झेल्नु परेका बताएका छन् ।

टेलिकमको फोरजी परियोजना रोक्न प्रपञ्च गरिएको उनको भनाइ छ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको १५औं वाषिर्कोत्सव समारोहमा सञ्चारमन्त्री बास्कोटाले टेलिकमलाई जोगाउने हो भने यसलाई सुदृढ गर्न व्यवधान सिर्जना गर्न नहुने बताए ।

‘पटक–पटक तर्साएको छ, हल्लाएको छ, कि यो संस्थाको आवश्यकता छैन भनिदिनुपर्यो, छ देशको सम्पत्ति हो भने रक्षा गर्नुपर्यो, सुदृढ गर्नुपर्यो, बलियो बनाउनुपर्यो, यहाँ के को लेनादेनाको कुरा छ,’ उनले भने ।

फोरजी परियोजना अघि बढाउन खोज्दा राति–राति फोन गरेर तर्साइएको बताए । टेलिकमलाई डुबाएर कसैको निजी हितमा सम्झौता नगर्ने उनले बताए । ‘यो संस्थाको हितको लडाईंमा म कोहीसँग पनि घुँडा टेक्दिन, मैले यही कसम खाएको छु’, बासकोटाले भने ।

छानबिनका नाममा अख्तियार दुरुपयोग अनुसन्धानले एक वर्ष झुलाएको भन्दै उनले पछिल्लो समय विभिन्न संसदीय समितिले समेत अनावश्यक रोकतोक गर्न खोजेको बताए ।‘दुनियाँलाई थाहा छ, एउटा फोरजी परियोजना अल्झेको वर्षदिन भयो, पाना पल्टाई–पल्टाई अख्तियारले छानबिन गरिहाल्यो, एउटै विषयमा अनेक समितिले बोलाएको छ’, उनले भने ।

निजी क्षेत्रका कम्पनीले द्रुतगतिमा फोरजी विस्तार गरिसक्दा पनि सरकारी स्वामित्वको नेपाल टेलिकमले उस्तै गतिमा काम गर्न नपाएको उनको दाबी छ ।फोरजी विस्तार परियोजनामा अनियमितता भएको भए दोषी जेल जाने उनले बताए । टेलिकमकै कर्मचारीले फोरजी परियोजना अघि बढ्न नदिन चलखेल गरेको मन्त्री बास्कोटाको आरोप काठमाडौंटुडेमा समाचार छ ।

प्रकाशित मिति : माघ २२, २०७५ मंगलबार  ४ : ३० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।