काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफू सक्रिय राजनीतिमा रहेको स्पष्ट पार्दै नेकपा (एमाले) को आगामी नेतृत्वबारे उठेका चर्चा सम्बन्धमा ‘समय आएपछि’ धारणा स्पष्ट गर्ने संकेत दिएकी छन्। शुक्रबारदेखि विराटनगरमा सुरु भएको उप–प्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै भण्डारीले आफ्नो राजनीतिक सक्रियता कायमै रहेको बताइन्। पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन सक्रिय राजनीतिमा फर्किएपछि आफू के…