लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रकी सांसद विमलाकुमारी वली (खत्री)लाई अपहरण गरी पाँच दिनसम्म बन्धक बनाएको आरोप लागेका प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल संघीय राजधानी काठमाडौं आएका छन् । विपक्षीको अविश्वास प्रस्तावले अप्ठेरोमा परेका मुख्यमन्त्री पोखरेल राजनीतिक भेटघाटका लागि काठमाडौं आएका हुन् । विपक्षी गठबन्धनले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछिको राजनीतिक अवस्थाबारे आफू निकट नेतासँग भेटघाट र…