नेपालमा पहिलोपटक कोरोना भाइरसको संक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ । सिन्धुपाल्चोक घर भएकी २९ वर्षीया महिलाको आज मृत्यु भएकोमा कोभिड १९ को परीक्षणबाट संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार पहिलोपटक देशमा कोरोना भाइरसको संक्रमणबाट मानिसको मृत्यु भएको छ । देशमा २७९ जना संक्रमित पत्ता लाग्दा पहिलोपटक कोभिड १९ बाट मृत्यु भएको हो…