सर्वोच्च अदालतले ज्ञानेन्द्र शाहीलाई प्रहरी नियन्त्रणमा राखी राख्नुको कारण पेश गर्न आदेश दिएको छ । सर्वोच्च अदालतले आइतबार एक आदेश दिँदै उनलाई पेश गर्नेबेला उपस्थित गराउन पनि भनेको छ । केही दिनअघि प्रहरीले शाहीलाई ललितपुरबाट पक्राउ गरेर थुनामा राखेपछि उनको तर्फबाट अधिवक्ता इन्द्रप्रसाद अर्यालले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले २४ घण्टाभित्र…