Logo

बागमती प्रदेश

काठमाडौंमा कोरोनाविरुद्ध भदौ ११ गतेदेखि भेरोसेलको दोस्रो डोज खोप लगाइने



काठमाडौंमा कोरोना (कोभिड–१९) विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएका व्यक्तिलाई यहि भदौ ११ गतेदेखि दोस्रो डोज लगाइने भएको छ ।

स्वास्थ्य कार्यालय काठमाडौंले भदौ ९ गतेदेखि दोस्रो डोज दिने कार्यतालिका बनाएपनि ५, ६ र ७ गते लगातार तीन दिन सार्वजनिक विदा भएकाले कार्यतालिका हेरफेर गरी ११ गते देखि दोस्रो डोज लगाउने निर्णय गरेको हो ।

स्वास्थ्य प्रमुख बद्रीबहादुर खड्काले भदौ ११ गतेदेखि तीन दिनसम्म चल्ने खोप अभियानमा चल्ने बताए । उनका अनुसार २ लाख १६ हजार व्यक्तिले भेरोसेलको दोस्रो डोज लगाउने छन् । भेरोसेलको दोस्रो डोज खोप लगाउन पहिलो डोज खोप लगाएको कार्ड अनिवार्य लिएर जानुपर्ने छ ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार १७:२६   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।