नेपाली कांग्रेसको संस्थापन इतरमा रहेका नेताहरुले एक इतरमा एकजना मात्र सभापतिको उम्मेदवार उभ्याउँछौं भनेको भएता पनि बरिष्ठ नेता रामचन्द्र पौडेलको पक्षमा भने सहमति गर्न नसक्ने अवस्था देखिएको छ । आफ्नो नाममा सहमति बन्ने नदेखेपछि पौडेलले १४ औं महाधिवेशनमा आफूलाई सभापतिमा सघाउन इतर पक्षका नेताहरुलाई आग्रह गरेका छन् ।
आफूलाई सभापतिमा सघाए अरु नेताहरुलाई पदाधिकारीमा समेटेर अघि बढ्ने उनको भनाइ थियो । तर सभापतिका दाबेदार प्रकाशमान बाहेक सहभागी बैठकमा अधिकांशले उनको आग्रह नस्वीकारेको बैठकपछि एक नेताले जानकारी दिए । पौडेलको प्रस्तावमा नेताहरु अर्जुननरसिंह केसी, रामशरण महत र बलबहादुर केसी सकारात्मक जस्तो बनेपछि उनीहरुले सघाउन सकिनेबारे खुलेर भने केही नभनेको ती नेताको भनाइ छ ।
रामचन्द्र समूहबाट सभापतिमा एकल उम्मेदवारी तय गर्नका लागि सहमति जुटाउने प्रयास आकांक्षी नेताहरुबीच अनुपम फुडल्याण्डमा छलफल भएको थियो । बुधबार दिउँसो साढे २ बजेदेखि पौने ५ बजेसम्म चलेको बैठकमा एकल उम्मेदवार तय गर्नेबारे सहमति जुट्न नसकेको बताइएको छ ।





















प्रतिक्रिया