Logo

सम्पादकीय

अध्यादेश र नयां पार्टीको अस्तित्व



मुलुकमा विभिन्न अध्यादेशहरु सत्तारुढ सरकारबाट हुने गर्दछ । यसै सन्दर्भ सत्तारूढ गठबन्धन सरकारले अध्यादेश जारी गरेपश्चात नयां पार्टीको अस्तित्व बढेको छ । अध्यादेशले बाटो खुलाएपछि नयां पार्टीहरू अस्तित्वमा आएसंगै सरकारले गति लिनेछ भन्ने सत्तारूढ गठबन्धनभित्रका नेताको अभिव्यक्ति अझै पनि छेपारोको कथाजस्तै बनिरहेको छ । मन्त्रिमण्डल विस्तारमा भइरहेको ढिलाइले राज्यको कार्यकारी अंग कार्यपालिका नै । डिफंक्ट’को अवस्थामा रहेको छ ।

सरकारमा सहभागी हुन संख्यात्मक भागबन्डा पनि मिल्न बांकी रहेको देखिन्छ । पार्टीका आ–आप्ना भागबन्डा मिले पनि हरेक पार्टीभित्रका नेताहरूको मन्त्री हुने आकांक्षा सम्बोधन गर्नु अर्को समस्याको पहाड बनेर उभिएको छ । अध्यादेशपश्चात निर्वाचन आयोगमा नयां पार्टीका रूपमा दर्ता भइसकेपछि नेकपा (एकीकृत समाजवादी)का नेता माधव नेपालले आप्mनो पार्टी सरकारमा सहभागी हुने धारणा सार्वजनिक गरिसकेका छन् ।

प्रधानमन्त्री शेर बहादुर देउवा र माधव कुमार नेपाल सहमति भइसकेपछि अब त्यसलाई शीघ्र कार्यान्वयनमा लैजानु जरुरी छ । मन्त्रमण्डल पनि विस्तार हुने छांटकांट छ । अहिले प्रधानमन्त्रीको पोल्टामा १७ मन्त्रालय रहंदा पक्कै पनि तिनमा दैनिक कामसमेत हुन सकिरहेको छैन । यसले यतिका दिनसम्म सरकार चलिरहेको छ । कर्मचारी र मन्त्रालयसमेत कामविहीन अवस्थामा रहेका छन् ।

सरकार र सरकारी कामलाई गतिदिनु नै अहिलेको प्राथमिक एजेन्डा हो । कतै नेकपा एकीकृत समाजवादी पार्टी सरकारमा सहभागी हुने सूचना दिनुपूर्व नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टीले आफूहरूबीच बांडफांट गरेका मन्त्रालयका संख्या घटबढ भयो भनेर अर्को विवाद गठबन्धनभित्र आउने त होइन रु यो पनि जनताबीच आशंकाका रूपमा रहेको पाइन्छ । यो आशंकालाई अन्त्य गर्नेगरी समयमै सरकारले पूर्णता पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो ।

नत्र भने फेरि पनि हात्ती आयो, हात्ती आयो फुस्सा’को कहावत दोहोरिन जानेछ । नेकपा समाजवादी सरकारमा सहभागी हुंदा पहिलेको सहमतिअनुसार बांडफांट गरेको मन्त्रालयको संख्यामा नेपाली कांग्रेसले ३, माओवादीले २ र जसपाले १ मन्त्री गुमाउनुपर्ने हुन्छ । नेपाल पक्ष सरकारमा सहभागी नभएको खण्डमा कांग्रेसले प्रधानमन्त्रीसहित नौ मन्त्री र एक राज्यमन्त्री, माओवादी केन्द्रले सात मन्त्रीसहित एक राज्यमन्त्री र जसपाले ६ मन्त्रीसहित एक राज्यमन्त्री पाउने सहमति भएको थियो ।

हालसम्म माधव नेपाल नेतृत्वमा रहेको पार्टीको के धारणा बन्छ, त्यसैका आधारमा सरकारले पूर्णता पाउनेछ भनिरहेका नेताहरूलाई अबका दिनमा सो कुरा दोह¥याइ रहने छुट पनि छैन । माधव नेपालको नेकपा समाजवादी (एकीकृत) सरकारमा सहभागी हुनेगरी गठबन्धनको छलफलमा बसिसकेको छ । अब सत्तारूढ गठबन्धनसम्बद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीबीच मन्त्रालयको संख्यात्मक भागबन्डा मिलेको कुरा पनि बाहिर आएको छ ।

२५ सदस्यीय मन्त्रिमण्डलको आकार हुंदा सोहीअनुरूप बांडफांट गरिनुको विकल्प छैन । मुलुक यसबाट नेकपा समाजवादीको सत्ता सहभागितासंगै नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाबीचको भागबन्डामा हेरफेर आउने भएको छ । तर, जस्तासुकै परिस्थिति आए पनि अब गठबन्धनले तत्काल सरकारलाई पूर्णता दिएर आप्नो गति बढाउनुमा नै उनीहरूको हित छ । त्यसो गर्न नसके सरकार झन् पछि झन् कमजोर भइरहनेछ र जनताको विश्वासबाट समेत च्युत भइरहनेछ ।

पार्टी फुटाउने अध्यादेशले मुलुकमा अब सिंगो पार्टी फुटेर अरु पार्टी कति बन्ने हो त्यो त भोली भविष्यका दिनहरुले बताउने नै छ । तर, हाम्रो मुलुक विकासोन्मुख मुलुक, विकासका क्रमहरु बामे सर्न थालेका थिए, बामे सर्दासर्दै विचैमा झन बामे सर्ने शक्ति नै विनास हुने क्रियाकलाप हामी आफैले अपनाएका रहेछौं भन्ने कुनैपनि शिर्ष नेताहरुमा मात्र होइन तल्लो तहदेखि माथिल्लो तहसम्मका नेताहरुलाई महसुस हुनुपर्ने हो । तर, त्यो विलकुलै भएन । अब हामी तमाम नेपालीहरुले समयमै सेच्ने पर्ने दिन नजिकि सकियो र अब पनि सोचेनौ भने हामी यस मुलुकमा जन्मेको के अर्थ होला र रु हो यहि नै कुरा हामीमा निहित हुनु् पर्छ अनि गर्नुपनि पर्छ ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार १९:१५   :  बजे

38.2K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।