Logo

मनोरञ्जन

‘मिस नेपाल युएस’ले अमेरिकामा ट्रेडमार्क प्राप्त गर्न सफल



मिस नेपाल युएसले अमेरिकामा ट्रेडमार्क प्राप्त गरेको छ । १० वर्षसम्मको प्रकृया र लडाइपछि मिस नेपाल युएसले औपचारिक रुपमा ट्रेडमार्क प्राप्त गर्न सफल भएको छ । सन् २०१७ को अक्टोबरमा आवेदन दिएको प्रतियोगिताले अहिले अमेरिकी सरकारको ट्रेडमार्क अफिसबाट औपचारिक रुपमा ट्रेडमार्क पाउन सफल भएको हो ।

सौन्दर्य प्रतियोगिताको प्रकृतिमा मनोरञ्जन मुलक ४१ स्थानमा ‘मिस नेपाल युएस’ ले ट्रेडमार्क प्राप्त गरेको छ । पहिलो पटक सन् २०११ को जुनमा प्रयोग भएको भएको थियो । अगस्तमा व्यवसायिक रुपमा प्रयोग भएको इतिहाससहित ट्रेडमार्क प्रमाणपत्र प्रदान गरिएको हो ।

मिस नेपाल युएसएका नाममा सन् २०११ मा ट्रेडमार्क लिन प्रयास गरिएको भए पनि मिस युसएएले दावी गरेको हुनाले उक्त प्रयास असफल भयो । तर पछि मिस युएसएले ‘ए’ अक्षर हटाएर मिस नेपाल युएसमात्र कायम हुने गरी ट्रेडमार्कका लागि स्वीकृतीकरण दिएको थियो । त्यसपछि सन् २०१२ को फ्रब्रुअरीमा मिस नेपाल युएसमात्र रहने गरी ट्रेडमार्क दर्ताको प्रयास भएपछि मात्र सफल हुन सकेको थियो ।

अमेरिकामा नेपालीहरु सम्बन्धित सौन्दर्य प्रतियोगिता गर्न ट्रेडमार्क पाउने यो पहिलो प्रतियोगिता हो । यसको नयाँ संस्करण १० औं वार्षिकोत्सवको अवसर पारेर सेप्टेम्बर २३ देखि २५ सम्म न्यूयोर्कमा आयोजना गरिदै छ।

प्रकाशित मिति : २० भाद्र २०७८, आईतवार १४:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।