बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी छिन् । आफू मुख्यमन्त्री नियुक्त भएको तीन हप्तापछि शाक्यले बुधबार मन्त्रिपरिषद् विस्तार गरेकी हुन् ।
प्रदेश सरकारमा अल्पमतमा रहेकी मुख्यमन्त्री शाक्यले बुधबार ६ मन्त्री र ४ राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषदलाई पूर्णता दिएकी हुन् ।
नवनियुक्त मन्त्रीहरूमा अजय क्रान्ति शाक्यले (आन्तरिक मामिला तथा कानुन मन्त्रालय), रचना खड्काले (आर्थिक मामिला तथा योजना मन्त्रालय), विजय सुवेदीले (सामाजिक विकास मन्त्रालय), प्रदीपकुमार कटुवालले (स्वास्थ्य), शान्तिप्रसाद पौडेलले (उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय), चन्द्र लामाले (भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय)मा जिम्मेवारी पाएका छन् ।
यस्तै नवनियुक्त राज्यमन्त्री रुमा जुनेलीमाया श्रेष्ठ (स्वास्थ्य मन्त्रालय), जीवन खड्का (भौतिक पूर्वाधार तथा विकास मन्त्रालय), सरस्वती वाटी (उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय) र बद्री मैनाली (भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय) रहेका छन् ।
यस अघि प्रदेश सरकारमा ९ जना मन्त्री थप्ने भनिएता पनि शाक्यले १० जना मन्त्री थपेकी हुन् । यससँगै बागमती प्रदेश सरकार १३ सदस्यीय बनेको छ ।





















प्रतिक्रिया