Logo

प्रमुख समाचार

मुख्यमन्त्री शाक्यले विश्वासको मत पाउने ! यस्ता छन् कारण



नेकपा (एमाले)का तत्कालीन बरिष्ठ नेता माधवकुमार नेपालको समूहमा लामो समय रहेको भएता पनि नेपालको नेतृत्वमा नेकपा (एकिकृत समाजवादी) गठ हुने बेलामा ओलीको समूहमा लागेर वाग्मती प्रदेशको मुख्यमनत्री बनेकी अष्टलक्ष्मी शाक्यले नेकपा नेपालकै सहयोगमा आफुले विश्वासको मत पाउने बताएकी छिन् । महोत्तरीको बर्दिबासमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू एकीकृत समाजवादीका अध्यक्ष नेपालकै सहयोगमा मुख्यमन्त्री बनेको जिकिर गर्दै विश्वासको मत पाउने बताएकी हुन् ।

वाग्मती प्रदेशमा आफ्नो सरकार अल्पमतमै रहे पनि एकीकृत समाजवादीका प्रदेशसभा सदस्यहरुको सहयोगमा केही दिनमै विश्वासको मत पाउनेमा ढुक्क रहेको मुख्यमन्त्री शाक्यले बताइन् । एकीकृत समाजवादीका कारण आफ्नो सरकार अल्पमतमा परेको र पुनः त्यही पार्टीको सहयोग र समर्थनमा आफूले बहुमत सिद्ध गर्ने उनको भनाइ छ ।

नेकपा एमालेलाई मजबुत बनाउन नेता माधवकुमार नेपालको महत्वपूर्ण योगदान रहेको र उनले छुट्टै पार्टी स्थापना गरेपछि एमाले कमजोर भएको मुख्यमन्त्री शाक्यले बताइन् । शाक्यले पुनः नेता नेपाललाई एमालेमै फर्किन आग्रह गर्दै आएको बताइन् । एमालेलाई देशको ठूलो पार्टी बनाउन सबैले आ–आफ्नो अडान छाड्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार १९:०७   :  बजे

504
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।