Logo

प्रमुख समाचार

भरतमणि पौडेल बने कमेडी च्याम्पियन सिजन–२ को विजेता



भरतमणि पौडेल कमेडी च्याम्पियन सिजन–२ को विजेता बन्न सफल भएका छन् ।आज राति भएको ग्रान्ड फिनालेमा सबैभन्दा बढी भोट पाएको आधारमा उनलाई कमेडी च्याम्पियनको विजेता घोषित गरिएको हो । बिजेता भएसंगै तप्लेजूङ्गका भरतमणिले डाट्सनको कार र नगद २५ लाख रुपैयाँ प्राप्त गरेका छन्।

त्यसैगरि च्याम्पियनको सेकेण्ड रनरअपको उपाधि गोर्खाका सन्तोष थापाले प्राप्त गरेका छन् । उनले स्कुटर प्राप्त गरे भने रनरअप सिक्किमका बिक्की अग्रवाल बन्न सफल भएसंगै उनले भने टीभीएस अपाचेको मोटरसाइकल प्राप्त गरेका छन।

पछिल्लो समयमा बिजेता भरतमणिले पूर्व युवराज पारस शाहको गेटअपमा दिएको दमदार प्रस्तुतिले निकै चर्चा कमाएपछि उनले जित हासिल गर्ने अझै दरिलो आधार बनेको थियो।

पारस शाहको नक्कल गर्दा उनि निक्कै विवादित बने। सोहि विवादले भरतमणिलाइ चर्चित बनायो। पारश शाहका सुभचिन्तकहरुले उनको यो प्रस्तुतिप्रति आलोचना गरेका भए पनि सोहि धमाकेदार प्रस्तुतिका कारण सिधै भरतमणि ‘पफर्मर अफ द राउण्ड’ मार्फत फाइनलमा पुगेका थिए ।

वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको सहभागिता रहेको उक्त कार्यक्रममा हास्यकलाकार हरिवंशले विजेताको घोषणा गरेका थिए भने सेकेण्ड रनरअपको घोषणा मदनकृष्णले गरेका हुन्।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार २३:२१   :  बजे

171
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।