Logo

मनोरञ्जन

गायिका इन्दिरा जोशी र केडियाको सुटुक्क इन्गेजमेन्ट, हेलिकप्टरबाट झरेर औंठी साटासाट



इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । केही समययता प्रेममा रहेका उनीहरूले बिहीबार खुम्बु पुगेर बिहे पक्का गरेका हुन् ।

इन्दिरा र शरदले औँठी साटेको भिडियो टिकटक प्रेमीका लागि चर्चाको विषय बनेको छ । उनीहरूबीच इन्गेजमेन्ट भएको भिडियो क्याप्टेन विवेक थापाले आफ्नो टिकटक अकाउन्टमा पोस्ट गरेका छन् । इन्दिरा र शरद हेलिकप्टरबाट खुम्बु क्षेत्र पुगेका थिए । गायनमा सक्रिय इन्दिरा रियालिटी शो नेपाल आइडलमा निर्णायक थिइन् ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार ०९:३७   :  बजे

492
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।