आज मुलुकका केही स्थानमा हल्का वर्षा हुने मौसम महाशाखाले अनुमान गरेको छ । मौसम विभागका अनुसार देशको अधिकांश भू-भागमा सामान्य बदली रहने र एकरदुई स्थानमा हल्का वर्षा भइरहेको बताए।
आज देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिए ।
हाल भारतको झारखण्ड र आसपास बनेको न्यून चापीय क्षेत्रको, नेपालमा सामान्य असर परेको छ। मौसम महाशाखाका अनुसार हाल मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेको बताए ।





















प्रतिक्रिया