Logo

मनोरञ्जन

चर्चित अमेरिकी पप गायिका ब्रिट्नी आफ्ना पिताबाट मुक्त



चर्चित अमेरिकी पप गायिका ब्रिट्नी स्पेयर्स लामो समयपछि आफ्ना पिता जेमी स्पेयर्सको बन्धनबाट मुक्त भएकी छिन् । लामो समयदेखि पिताको बन्धनमा रहेकी स्पेयर्स अब बल्ल स्वतन्त्र भएकी हुन् ।

आफ्नो पिताको सोच ‘रुढिवादी’ भएको भन्दै उनको संरक्षणबाट छुटकारा पाउन अदालतमा मुद्दा समेत हालेकी थिइन् । अब भने ब्रिट्नीले आफ्नो बुवाबाट छुटकारा पाएकी छिन् ।

अमेरिकी अदालतले बुधबार ब्रिट्नीलाई बुवाको संरक्षणबाट मुक्त गराएको हो। अब ब्रिट्नीले आफ्नो जीवन र आफ्नो आम्दानीमा एकल हक जमाउन पाउने छिन् ।

उनका बुवा जेमीले सन् २००८ बाट ब्रिट्नीको जीवनमा संरक्षकको भूमिका निभाउँदै आएका थिए । ब्रिट्नीले कमाउने पैसादेखि उनको जीवनमा नै बुवाको अधिकार थियो ।

सन् २००८ मा ब्रिट्नीले नशाजन्य औषधिको सेवन तथा कुटपिटमा संलग्न भएको भन्दै कानुनी रुपमै उनको संरक्षकको रुपमा बुवालाई नियुक्त गरिएको थियो ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार १५:०१   :  बजे

162
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।