पछिल्लो समय सर्जकहरुले क्षणिक चर्चाको लागि आधुनिकता र उछृङ्खलताको सहारा लिने प्रतिस्पर्धा चलिरहेका बेला गायक संगम लिम्बुले भने आफ्नो जातीय संस्कृतिलाई जीवित राख्ने गरी सांगीतिक कोसेली लिएर आएका छन् । उनले आफ्नै शब्द, संगीत र स्वरमा लिम्बु भाषाको ‘निङसाङ पोक्लछ’ बोलको गीतको भिडियो सार्वजनिक गरेका हुन् ।
मनोरञ्जक सामाग्रीको माध्यम नै युट्युब भईरहेको र त्यसमा पनि भाइरल सामाग्रीले पुरै हिस्सा ओगटिरहेका बेला मुलधारका म्यसजिक भिडियोहरुले समेत राम्रो भिउ पाउन सकिरहेका छैनन् । यस्तो बेलामा भाषा तथा संस्कृति समेटिएका गीत र भिडियो निर्माण गर्नु अत्यन्त जोखिम मानिन्छ । यही जोखिमकाबीच संगमले निर्माण गरेको भिडियोले भने आफ्नै नामको नयाँ च्यानल भएर पनि सन्तोष जनक नै भिउ बटुलेको देख्न सकिन्छ ।
पुर्वका लिम्बु जातीले हरेक पर्व तथा कार्यमा प्रयोग गर्ने ढोलको आवाजलाई प्राथमिता दिएको गीतको मर्म अनुसार भिडियो निर्देशन गरेर सागर सुब्बाले भिडियोलाई आकर्षक बनाएका छन् । गीतको भिडियोमा बेरोजगारीको कारणले बिदेशिन बाध्य युवाको यथार्थतालाई समेटेको छ ।
इशिका लिम्बु, बिशाल सेनेहाङ, संगम लिम्बु, गोपिमाया थुलुङ लिम्बु र दिनेश माङमुले भिडियोमा न्यायपूर्ण अभिनय गरेका छन् भने मुकेश हुमागाईंको छायाँकनमा सुरज लामाले ड्रोन उडाएका छन् । भिडियोमा अनिल रानाको सम्पादन रहेको छ ।
बाँकी यो भिडियोमा हेर्नुहोस् :





















प्रतिक्रिया