Logo

अन्तर्राष्ट्रिय

ट्रम्पले गरे नयाँ सामाजिक सञ्जालको घोषणा




न्युयोर्क । अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले नयाँ सामाजिक सञ्जाल ‘ट्रथ सोशल’ सञ्चालन गर्ने भएका छन् । ट्विटर र फेसबुकले  राष्ट्रपति ट्रम्पको एकाउन्ट निलम्बन गरेपछि उनले नयँ सामाजिक सञ्जाल सञ्चालन गर्न लागेका हुन् । 

ट्रम्पले अध्यक्षता गर्ने ट्रम्प मिडिया एन्ड टेक्नोलजी ग्रुप टीएमटीजीले ट्रुथ सोशल सञ्चालन गर्नेछ ।  टीएमटीजीले भिडिओ स्ट्रीमिङ सेवा पनि सुरु गर्ने जनाइएको छ । 

गत वर्ष राष्ट्रपति निर्वाचनमा साम्प्रायिक र जातीय द्वन्द्व फैलाउने अभिव्यक्तिपछि ट्विटर र फेसबुकले ट्रम्पको एकाउन्ट निलम्बन गरिदिएको थियो । एजेन्सी

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार १४:५३   :  बजे

243
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।