शनिबार राजधानीमा राजावादिहरुले शक्ति प्रदर्शनी गरेका छन् । २०४७ सालको संविधान ब्युँताउन् माग गर्दै उनिहरुले शक्ती प्रदर्शनी गरेका हुन् ।

संयुक्त राष्ट्रिय नागरिक आन्दोलनको आयोजनामा भएको उक्त प्रदर्शनीमा बौद्धिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र एवं राजसंस्था पुनर्स्थापनाका लागि एकबद्धता जनाउन आव्हान गरेको थियो ।

राष्ट्रिय झन्डा लिएर प्रदर्शनीमा उत्रिएका उनीहरूले ‘हिन्दु राष्ट्र कायम गर’, ‘राज आऊ देश बचाउ’, ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’ लगायतका नारा लगाएका थिए ।


























प्रतिक्रिया