Logo

सूचना/प्रविधि

समाचारको बाढी, सत्यको भोक



हिजोसम्म थाहा नपाएको कुरा नै समाचार हो भन्ने टर्नर कटलिजको पत्रकारिताको परिभाषा बदलिएको छ । अहिले हिजोको शब्द बासी भइसकेको छ । बरु पत्रकारिता हतारिएको साहित्य हो भन्ने म्याथ्यु आर्नोल्डको भनाई अनलाइन पत्रकारितामा ठ्याक्कै मिलेको छ । हतार र रफ्तारबीच यथार्थकोे कसीमा यतिबेला अनलाइन पत्रकारहरुले आफूलाई कसी लगाइरहेका छन् ।

हुन पनि आजको सूचनाको भोका जनता अब भोलि होइन आज अहिल्यै ताजा र विश्वसनीय सूचनाको पर्खाइमा हुन्छन् । हिजो जस्तो २४ घण्टापछि मात्र सूचना लिउँला भनेर समाचारपत्र हात पर्ने दिन अब एकादेश भइसकेको छ भने टेलिभिजन रेडियो जस्ता प्रसारण माध्यममा बज्ने घण्टे बुलेटिन कुर्नुपर्ने बाध्यता अब हटिसकेको छ । साधन र पहुँच भएमा क्षण सेकेण्ड पलपलमा सूचनामा अपडेट हुन पाइन्छ ।

अनलाइन र अनलाइन पत्रकारिता

इन्टरनेटको माध्यमबाट समाचार सम्प्रेषण गर्ने पत्रकारिता नै अनलाइन पत्रकारिता हो । कम्प्युटर वा अन्य उपकरणमार्फत इन्टरनेटको सम्पर्कमा रहनु नै अनलाइन हो । अनलाइन इटिमोलोजी डिक्सनरीका अनुसार अनलाइन शब्द सन् १९५० को दशकमा दुरसञ्चार सञ्जालको सम्पर्कमा रहेका मानिसलाई जनाउन प्रयोग गरिएको थियो । सन् १९९० को दशकमा पत्रपत्रिकामा प्रकाशित समाचार संसारभर इन्टरनेटमार्फत उपलब्ध गराउने उद्देश्यसहित सुरु भएको यो विधा पत्रकारिता क्षेत्रमा अलग्गै पहिचान बनाउन सक्षम भएको छ ।

बेलायती वैज्ञानिक टिम बर्नस लीले सन् १९८९ मा डब्लु डब्लु डब्लु अर्थात वल्र्ड वाइड वेभको विकास गरेपछि संसारभर सूचना आदानप्रदानमा क्रान्ति नै आयोे । नेपालमा पनि मर्केन्टाइल कम्युनिकेशनले २०५० को दशकमा सुरु गरेको अनलाइन पत्रकारिता आज लोकप्रिय विधा बन्न सफल भएको छ । 

भिन्न र सहज

अनलाइन पत्रकारिता परम्परागत पत्रकारिताजस्तो एकै स्थानबाट मात्र सञ्चालित हुन सक्ने होइन । प्रविधि र पहुँच भए संसारको जुनकुनै कुनाबाट यसलाई सञ्चालन गर्न सकिन्छ । परम्परागत पत्रकारिताका सबै विधा उपयोग गर्दै विषयवस्तुमा विविधता र बहुसामग्री राख्न सकिने भएकै कारण यो लोकप्रिय बन्न सकेको हो । डेनिस मक्वायलले अनलाइनलाई अयलखभचनभलअभ या बिि तचबमष्तष्यलब िmभमष्ब भनेका छन् अर्थात परम्परात सञ्चारमाध्यमहरु पत्रपत्रिका, रेडियो र टेलिभिजनको सम्मिश्रण । हुन पनि अनलाइनमा पुराना सबै सञ्चारमाध्यमको सम्मिश्रण पाइन्छ । त्यस्तो सम्मिश्रण जसमा पत्रिकामाझै पढन मिल्छ, रेडियोमा झैँ सुन्न मिल्छ अनि टेलिभिजनमा झैं दृश्य हेर्न मिल्छ ।

तात्कालिक र अन्तरक्रियाले यसलाई पाठकसामु अझै लोकप्रिय बनाएको छ । परपरागत सञ्चार माध्यममा जस्तो गल्ती गर्ने र हतारमा नछापेर अल्छी गर्ने छुट यसमा छैन । हाइपरलिंकको माध्यमबाट समाचार सुन्न, हेर्न, पढन, प्रतिक्रिया लेख्न तथा छलफल गर्न सहज हुने तथा एकैपटक संसारका लाखौँ मानिसमाझ पुग्न सक्ने भएकाले मम्बाइल यसलाई मिडिया सम्पन्नता भन्न रुचाउँछन् । पाठकले आफूलाई मन परेको सामग्री भण्डारण गर्न, चाहेको बेला दोहो¥याएर पढ्न, हेर्न तथा सुन्न सकिन्छ भने परम्परातग सञ्चार माध्यमको तुलनामा न्युनतम आर्थिक भार वहन गरेर पनि सञ्चालन गर्न सकिन्छ । 

चुनौतीको जगमा परम्परागत माध्यम

सन् १९३६ मा दृश्यसहित टेलिभिजन प्रत्यक्ष प्रसारणपछि सन् १९३९ मा अमेरिकन अखबार न्युयोर्क टाइम्सले टेलिभिजनको बढ्दो प्रभावकारिताबारे लेखेको थियो– ‘टेलिभिजन रेडियोको कहिले पनि गम्भीर प्रतिस्पर्धी बन्न सक्ने छैन किनकी टेलिभिजनका लागि दृश्यमा एकटकले ध्यान दिनुपर्छ । बहुसंख्यक अमेरिकीसंग यसका लागि समय छैन ।’ तर अब त यस्ता परिभाषाले पनि स्थान पाउने दिन सकिए । रेडियो निस्कँदा छटपटाएका छापाहरु टेलिभिजनपछि झनै भटभटाएका थिए ।

अघिल्लो दिन नै तत्काल रेडियोले सुनाइदिने अनि जस्ताको तस्तै टेलिभिजनले दृश्यसहित समाचार पस्किदिने गर्दा भोलिपल्ट कसरी समाचार बिकाउने भन्ने ठूलो चिन्ताले छापाका सम्पादकहरुलाई पिरोल्ने गरेको छ । तथ्याङकले नेपालमा पनि हरेक वर्ष १० हजार पिस पत्रपत्रिकाको ग्राहक घटदै गएको देखाएको छ । नघटोस पनि कसरी पत्रपत्रिकााम दुख गरेर समाचार लेख्यो विहान उज्यालो भएर पत्रिका हातमा नपर्दै देशभर नेटवर्क बनाएर रेडियोले फुकिसक्छन । तर अब चुनौती यी तीनवटै माध्यमलाई थपिएको छ । प्रयोगमा सहजता, आर्काइभ अनि अनुकूल समयमा उपयोगिताका कारण विस्तारै पत्रपत्रिका पढने पाठक, रेडियो सुन्ने स्रोता अनि टेलिभिजन हेर्ने दर्शक अनलाइनको प्रयोगकर्तामा परिणत हुँदै गइरहेको छ । 

प्रश्न विश्वसनीयताको 

विश्वसनीयता पत्रकारिताको आत्मा हो । तथ्यपूर्ण र सन्तुलित समाचारको जगमा गरिने पत्रकारिताले मात्रै विश्वसनीयताको जग बसाल्न सक्छ । गतिशील चुस्त र संक्षिप्त लेखाईसँगै सूचना र स्रोतको पारदर्शिता विश्वसनीयता आर्जनका औजार हुन । ठ्याक्कै यस्तै शैली हुनुपर्ने भन्ने नभएपछि शिक्षित र साक्षरलाई सन्तुष्टि दिलाउने गरी स्थानीयसँगै ग्लोबल उपभोक्ताको सूचनाको प्यास अनलाइन पत्रकारिताले बुझाउनुपर्छ । त्यसो त अनलाइनलाई मूलधारको पत्रकारिता मान्ने कि नमान्ने भन्नेमै ठूलो अन्तरविरोध छ भने प्राविधिक सीप र डिजिटल डिभाइडले एउटा खाडल पनि बनाउँदै गएको छ ।

तथापि बौद्धिक चोरीसँगै आचारसंहिताको अपर्याप्तता अनि पालनामा कञ्जुस्याईँले यसको विषयवस्तुमा प्रश्न उठ्नु अस्वाभाविक होइन । तसर्थ विश्वसनीयता आर्जनमा सक्रिय पाठकको खबरदारी र जवाफदेही सञ्चालक र पत्रकारहरुको सूचना संकलन अहिलेको आवश्यकता हो ।

जुनसुकै बेला समाचार ब्रेक गर्न सकिने प्रविधि र पहुँच पुगे जुनसुकै बेला पढन हेर्न सकिने यो माध्यमले आज क्रमशः विश्वसनीयताको जगमा आफूलाई तिखार्दै लगेको छ । जुन समयको माग पनि हो । अनलाइन पाना अनलाइनको जगमा उभिएको पाठकको विश्वासको पाना बन्ने र बनाउने दिशामा अघि बढ्न सक्नुपर्छ , जुन हाम्रो आशातीत अपेक्षा पनि हो । 

प्रकाशित मिति : ८ चैत्र २०७७, आईतवार १४:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।