बागमती प्रदेशमा नेकपा (एकिकृत समाजवादी)का प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने निश्चित भएको छ । यस्तो निश्चिततासँगै गठबन्धनका मुख्य तीन दलबाट एक–एक जना मन्त्रीसहित पाण्डेले मुख्यमन्त्रीको सपथ लिने तयारी भएको हो ।
गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीका तर्फबाट एक–एक जना मन्त्रीको नाम समेत टुंगो लागेको छ । पाण्डे नेतृत्वको सरकारमा काँग्रेसका कृष्णलाल भँडेल, एकीकृत समाजवादीका कृष्णप्रसाद खनाल र माओवादी केन्द्रबाट कुमारी मोक्तानले मन्त्री बन्ने अवसर पाएका छन् । उनीहरुले पाउने मन्त्रालयबारे भने गठबन्धनबीच छलफल जारी रहेकाले सपथ ग्रहणका बेलासम्म टुंगो लाग्ने बुझिएको छ ।
प्रदेशसभामा एमाले उपाध्यक्ष समेत रहेकी अष्टलक्ष्मी शाक्यले बहुमत गुमाएपछि मुख्यमन्त्री पदबाट बुधबार राजीनामा दिएकी थिइन् । शाक्यको राजीनामासँगै बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि विहीबार अपरान्हसम्म दाबी पेस गर्न आह्वान गरेका थिए ।
प्रदेश प्रमुख शर्माको आव्हान लगत्तै गठबन्धनको तर्फबाट ५९ सांसदको समर्थन जुटाएर पाण्डेले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।





















प्रतिक्रिया