Logo

मनोरञ्जन

छालाको रङलाई स्वीकारेपछि आत्मविश्वास बढ्यो: प्रियंका चोपडा 



प्रियंका चोपडा  बलिउडकी सफल अभिनेत्री हुन्,। बलिउड हुँदै हलिउडका फिल्म तथा टिभी सिरिजहरूमा समेत छुट्टै पहिचान बनाइसकेकी उनी एक समय छालाको रङका कारण अपमानको सिकार भएको बताएकी छन् ।

त्यतिखेर उनी सामान्य किशोरी थिइन्, स्टार थिइनन् । अमेरिकाको एक स्कुलमा पढ्दाताका उनलाई सहपाठीले ब्राउनीु भनेर गिज्याउने गर्थे ।

एक अन्तर्वार्तामा प्रियंकाले भारतीय मिडियालाई भनेकी छिन्, ‘मसँग बसेर खाना खान मन पराउँदैनथे । किनकि, मेरो छालाको रङ गोरो थिएन ।’ त्यो तीतो अनुभवका कारण आफ्नो आत्मविश्वास समेत गुमेको बताउँदै आमाले सम्झाएर मात्र आफू यहाँसम्म आइपुगेको उनले बताइन् । ‘आमाले सम्झाउनुभयो,’ उनले भनिन्, ‘तिमी जस्ती छौ, त्यस्तै सुन्दर छौ । कसैका लागि आफूलाई बदल्नु पर्दैन ।’ विश्वसुन्दरी हुँदै बलिउडमा प्रवेश गरेपछि प्रियंकाले गोरो हुने क्रिमको विज्ञापन गरिन् ।

अमेरिकामा साथीसंगीले जिस्काउँदा आफूले गोरो हुने क्रिम प्रयोग गरेको बताइन् । ‘एक रात विज्ञापन गरेर घर फर्किंदा मैले सोचेँ ! म के गर्दै छु ?,’ उनले भनिन्, ‘कसरी झुटो सपना बेच्न सक्छु ? किन मैले आफ्नो रङलाई स्विकार्न नसकेको रु मैले नै यसो गरेँ भने देशका हजारौँ महिलाले क्रिम लगाएर गोरो हुने सपना देख्लान् । जबकि, हामीले आफ्नो छालाको रङलाई सहज रूपमा लिनुपर्छ । त्यसदिनदेखि मैले आफ्नो गहुँगोरो रङलाई स्वीकार गरेँ ।’

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार १४:१७   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।