Logo

बागमती प्रदेश

माइतीघरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु



काठमाडौं । माइतीघरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेपलाञ्चोक स्थायी घर भएका २१ वर्षीय रोमन मल्लिकार छन् । मृतक मल्लिकार मोटरसाइकलमा पछाडी सवार थिए ।

शुक्रबार बिहान साढे २ बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा अन्नपूर्ण न्युरो अस्पताल राति नै मृत्यु भएको हो महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

सिंहदरबारबाट बबरमहलतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२, ०२४ प ६७ ७१ नम्बरको मोटरसाइकल आज बिहान साढे २ बजे अनियन्त्रित भई पल्टिएको हो । मोटरसाइकलसहित चालकलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार ११:२०   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।