धुम्म मौसम अनि चर्को वायु प्रदुषण । त्यसमाथि गतवर्षदेखि नै थपिएको कोरोना त्रास । तर पनि आइतबार होली पर्वका दिन काठमाडौँको वसन्तपुर विन्दास देखियो । रंगहीन बनेको मौसमलाई च्यालेन्ज गर्दै युवायुवतीहरु होलीको उमंगमा उत्रिए । विन्दास अनि आफ्नै पाराले । प्रशासनले भीडभाड नगर्न र होली घरभित्रै मनाउन भनेपनि युवायुवतीलाई भीडमा जान कोरोनाको डरले रोकेन । न त प्रशासनको चेतावनीयुक्त सूचनाले नै छेक्यो ।
होली र वसन्तपुरको सम्बन्ध
विन्दास वसन्तपुरसँग होलीको आफ्नै सम्बन्ध छ । गद्दी बैठकको दक्षिणतर्फ बसन्तपुरमा तीन छत्रे होलीको चीर ठड्याइएपछि मुलुकभर होली पर्व प्रारम्भ भएको मानिन्छ । एक साता अघि नै फागुन शुक्ल अष्टमीका दिन रंगीचंगी ध्वजापताका झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइएसँगै होलीपर्व सुरु हुने गरेको छ । आज अर्थात पूर्णिमाको रातमा चीर ढालेर टुंडिखेल पुर्याई दाह गरेपछि होलीपर्व समाप्त हुन्छ । होलीपर्व समाप्त भएसँगै भोलिपल्टबाटै बसन्त ऋतु प्रारम्भ हुन्छ ।
फोटोले भन्छ कस्तो देखियो वसन्तपुर ?

































प्रतिक्रिया