कोशीको कथा नेपाली राजनीतिमा बल्झिरहन्छ । हाम्रो भूभागको स्वामित्वमा रहेको कोशी अरुकै खटनपटनमा चलेको दृश्य कुनै नेपालीका लागि स्वाभाविक हुँदै होइन । कोशी विशाल पानीको भँगालो मात्र होइन, लाखौंको जीवन पनि हो ।
कोशीलाई आधार बनाएर राजनीति, आर्थिक, सामाजिक, धार्मिक र पर्यटकीय खेती चलेका छन । कोशी हौसिएका बेला धेरैको घरबार उँडछ , कोशी सतहमा बग्दा आश जाग्छ । पानीको बहाबले मात्र होइन, लाखौं सवारी साधनको ओहोरदोहर, दिनरात कोशीमा हेलिएर माछा मार्ने मछुवारहरु समेत यहीँ आश्रित छन् । कोशी सेरोफेरोलाई आधार मानेर खिचिएका दृश्यले भन्छ– कहिल्यै नओइलाउने कोशी कथा ।





























प्रतिक्रिया