Logo

समाचार

ट्विटरले बन्द गर्‍यो चीन र रसियासहित ६ देशकाे ३५०० अकाउन्ट



ट्विटरले चीन र रसियासहित छ देशका विभिन्न संघ संस्थाकाे अकाउन्ट हटाएकाे छ । सरकारकाे अनावश्यक प्रचार गरेकाे भन्दै ट्विटरले ती देशहरुकाे अकाउन्ट हटाएकाे हाे । ‘चीनकाे अल्पसंख्यक मुस्लिम समुदाय  उहिगुरलाई हाेच्याउनेलगातयका ३५०० ट्विट अकाउन्ट बन्द गरिएकाे छ’, ट्विटरले एक प्रेस विज्ञेप्तिमा भनेकाे छ । 

चीनमाथि गम्भीर मानवअधिकार उल्लंघन गरेकाे सिनजियाङ प्रान्तका उहिगुर मुसलमानकाे नरसंहार गरेकाे अ‌ाराेप लाग्दै अ‌ाएकाे छ । विज्ञहरुका अनुसार १० लाख भन्दा उहिगुरलाई विभिन्न शिविरमा राखिएकाे छ । उहिगुरमाथि गर्ने व्यवहारका कारण चीनमाथि अन्तर्राष्ट्रिय समुदायले आलाेचना गर्दै अआएकाे छ ।

चीनमा फेसबुक र ट्विवटरमाथि प्रतिबन्ध छ । तर, अन्तर्राष्ट्रिय मञ्चमा अ‌ाफ्ना बिचार व्यक्त गर्न बेइजिङले यी दुबै सामाजिक सञ्जाल प्रयाेग गर्दै अ‍ाएकाे छ । 

बेइजिङ समर्थित २०४८ अकाउन्टबाहेक ट्विटरले सिन्जियाङकाे क्षेत्रीय सरकारसँग जाेडिएकाे च्याङगु कल्चर कम्पनीका ११२ अकाउन्ट बन्द गरिदिएकाे छ । 

चीनबाहेक ट्विटरले रसियाली कम्पनी इन्टरनेट रिसर्च एजेन्सीका १६ अकाउन्ट बन्द गरिदिएकाे छ । 

त्यसैगरी, मेक्सिकाेका २७६ र भेनेजुएलाका २७७ अकाउन्ट बन्द गरिएकाे जनाइएकाे छ । त्यस्तै, नागिरक अधिकार समूह फिचुअ तान्जेनियालाई निशाना बनाएकाे भन्दै अफ्रिकाका २६८ अकाउन्ट बन्द गरिएकाे छ । अर्काेतर्फ राष्ट्रपति याेवेरी मुसीभेनीकाे प्रचार गरेकाे भन्दै युगान्डामा ४१८ ट्विटर अकाउन्ट बन्द गरिएका छन् । 

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार ११:५४   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।