बन्द सिमाना र कोरोना भाइरसका कारण अहिले विश्वका अधिकांश पर्यटकीय क्षेत्रहरु ठप्प छन् । तर प्राकृतिक सुन्दरताका लागि प्रख्यात माल्दिभ्सले भने विश्वभरका पर्यटकहरुलाई स्वागत गरिरहेको छ । (कोभिड–१९) ले धेरै देशको अर्थतन्त्र समेत चौपट नै बनाएको छ । देशको अर्थतन्त्र बलियो बनाउने क्षेत्रमा पर्यटन पनि पर्छ । अर्थतन्त्रमा पर्यटन क्षेत्रको केही हिस्सा योगदान रहेको हुन्छ । विदेशी पर्यटकको भरमा अर्थतन्त्र बलियो भएका देश कोभिडका कारण कमजोर बनेका छन् ।
तर, दक्षिण एसियाली देश माल्दिभ्समा कोभिड–१९ को खासै असर नपरेको देखिन्छ । माल्दिभ्समा पयर्टक संख्या विगत वर्षको तुलनामा बढेको देखिन्छ । सन् २०२०र०२१ को सिजनमा माल्दिभ्समा ५० प्रतिशतले पर्यटक बढेको जनाइएको छ । गत महिना मात्र छुट्टी मनाउन भारतबाट ४४ हजार व्यक्ति माल्दिभ्स पुगेको भारतीय एजेन्सीले उल्लेख गरेका छन् । माल्दिभ्सको अर्थतन्त्र नै पर्यटन र मत्स्य व्यवसायमा टिकेको छ
त्यही समयमा जापान तथा चीनमा ९८ प्रतिशतले पर्यटक घटेको छ । लकडाउनबाट बच्न तथा कोरोनाबाट सुरक्षित रहन व्यक्तिहरूले लामो बिदा सदुपयोग गर्न चाहेका छन् । यसै मौकामा त्यस्ता व्यक्तिले माल्दिभ्सलाई पहिलो रोजाइमा राखेका छन् । माल्दिभ्सले पनि यस समयमा पयर्टकलाई लोभ्याउन विभिन्न किसिमका स्किम सार्वजनिक गरिरहेको छ । विश्वकै बढी जनघनत्व भएको सहरहरूको सूचीमा पर्छ, माले । माल्दिभ्स नपुग्दै त्यसबारे बन्ने एकखाले छापले धक्का पनि दिन्छ ।
युरोप तथा अन्य देशहरूले कोरोनाको तेस्रो लहरबाट बच्न लकडाउन घोषणा गरिसकेका छन् । यी देशमा छुट्टी मनाउन नपाउँदा विदेशीहरूले माल्दिभ्स पहिलो गन्तव्यका रूपमा राखेका देखिन्छन् । विदेशीले मात्र होइन नेपालीहरुको नेपालीहरुले पनि माल्दिभ्सलाई पहिलो गन्तव्यका रुपमा राखेको पाइन्छ । माल्दिभ्स सरकारले कोभिड-१९ बाट सुरक्षित रहन सबै किसिमको व्यवस्था गरेको छ ।
कोभिड-१९ विरुद्धको सही योजनाका कारण नै माल्दिभ्समा यात्रा गर्नेहरूले आफूलाई सुरक्षित मानेका छन् । माल्दिभ्समा विदेशी यात्रुले केवल ९६ घन्टाअगाडिको कोभिड-१९ को रिपोर्ट देखाउँदा काफी हुन्छ । यो रिपोर्ट देखाए उनीहरू क्वारेन्टाइनमा बस्नु पर्दैन पनि । माल्दिभ्समा मुख्य टापुहरू मानिन्छ जो साना र ठूला गरी १२ हजार टापु छन् ।



























प्रतिक्रिया