Logo

आजको तस्बिर

हट घोडा हट (फोटोफिचर)



काठमाडौँको टुँडिखेलमा आइतबार घोडेजात्रा पर्व मनाइयो । घोडेजात्रापर्वको अवसरमा नेपाली सेना र नेपाल प्रहरीले विभिन्न अश्वकला प्रदर्शन गर्‍यो । गुरुमापानामक राक्षसको प्रेतात्मालाई घोडाको टापले कुल्चिएर दबाइ राख्न घोडेजात्रा पर्व मनाइने गरेको संस्कृतिविदहरु बताउँछन् । 

घोडचढी प्रतिस्पर्धाका रुपमा लिइने घोडेजात्रा काठमाडौँ उपत्यकाको प्रसिद्ध जात्रा हो । टाँगन घोडा दौड, चार्जर घोडा दौड, शु जम्पलगायतका विभिन्न १० कला प्रस्तुत गरिन्छन । अश्वकला अवलोकन गर्न राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीगण, सुरक्षा निकायका प्रमुखलगायत टुँडिखेल पुग्छन् । 

टुँडिखेलको दक्षिणपूर्वमा एक रुखमा बसेको गुरुमापा राक्षस मारिए पनि त्यसको प्रेतात्मा जागृत नहोस् भनेर घोडाको टापले कुल्चाउन यो जात्रा मनाइन्छ । प्राककालदेखि नै युद्ध यज्ञ आदिमा घोडा प्रयोग गरिन्थ्यो । नेपालमा घोडाको अश्वकलाप्रदर्शनीको सुरुवात राणा प्रधानमन्त्री जुद्धशमसेरले गरेका थिए । 

तात्कालीन राजा सुरेन्द्र विक्रम शाहको राज्यकालमा १९०६ मंसिर ७ गते रिसल्ला नामबाट स्थापित सेनाको क्याभलरीको नाम २००९ सालमा नेपाल क्याभलरी नामाकरण गरिएको थियो । घोडेजात्राका दिन प्रदर्शन गरिने अश्वकलामा यही क्याभलरीका घोडालाई सरिक गराइन्छ । यसरी घोडा प्रयोग गरी उत्कृष्ट स्थान ल्याउनेलाई राष्ट्रपतिले पुरस्कृत गर्ने प्रचलन छ । 

अनलाइनपाना सहकर्मी साजन लामिछानेको क्यामेराले खिचेका दृश्य सामग्री प्रस्तुत छ ।

Ghodejatra 2077 (33).jpgGhodejatra 2077 (30).jpgGhodejatra 2077 (23).jpgGhodejatra 2077 (18).jpgGhodejatra 2077 (34).jpgGhodejatra 2077 (25).jpgGhodejatra 2077 (13).jpgGhodejatra 2077 (22).jpgGhodejatra 2077 (28).jpgGhodejatra 2077 (5).jpgGhodejatra 2077 (17).jpgGhodejatra 2077 (10).jpgGhodejatra 2077 (31).jpgGhodejatra 2077 (20).jpgGhodejatra 2077 (17).jpgGhodejatra 2077 (19).jpgGhodejatra 2077 (1).jpgGhodejatra 2077 (14).jpgGhodejatra 2077 (2).jpgGhodejatra 2077 (27).jpg

प्रकाशित मिति : २९ चैत्र २०७७, आईतवार १८:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।