महालक्ष्मी अर्याल उपाध्याय (डिना) संविधान सभा निर्वाचनको समानुपातिक तर्फमहिलाबाट प्रतिनिधित्व गरिरहेकी महालक्ष्मी अर्याल उपाध्याय पार्टी लागि आफूले गरेको योगदानकै कारण आफ्नो नाम समानुपातिक तर्फाबाट सिफारिश भएको बताउँछिन् ।
महालक्ष्मी अर्याल उपाध्याय नेपाली काँग्रेस भित्र डिना उपनामले चिनिन्छिन् । ४० वर्षअघि मकवानपुरमा बाबु इश्वरी दत्त अर्याल र आमा पार्वती अर्यालको कोखबाट जन्मिएकी डिनाले अर्थशास्त्रमा स्नातकोत्तर तह सम्मअध्ययन गरेकी छन् ।
विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय महालक्ष्मी उपाध्यायको राजनीति मार्फत समाज सेवामा लाग्ने रुचि रहेको छ । विगतमा २०४८ साल र २०५१ सालमा मकवानपुर जिल्लाको क्षेत्र नं. २ बाट दुईपटक सम्म संसदीय निर्वाचनमा नेपाली काग्रेसको तर्फबाट उम्मेदवारी दिए पनि उनी दुईपटक पराजित हुनुभएको थियो ।
स्वतन्त्र विद्यार्थी युनीयन पद्मकन्या क्याम्पसकी पूर्व सभापति भइसकेकी महालक्ष्मीले विगतमा तरुण दल र नेपाल महिला संघमा रहेर पनि काम गरिसकेकी छिन । श्रीमान् दिनेश उपाध्यायसँग राजधानीमा बस्दै आएकी महालक्ष्मी उपाध्याय संविधान सभा निर्वाचन अगाडिसम्म जलश्रोत राज्यमन्त्री रहेको थिइन् । संविधान सभामा महिला अधिकार सुनिश्चित गरिएको लोकतान्त्रिक संविधान निर्माण गर्न आफ्नो योगदान रहेन डिनाले बताउँछिन् ।





















प्रतिक्रिया