Logo

अनलाइनपाना खोज

नबिल बैंक आधुनिक बैंकिङको सुत्रधार



आजभन्दा ३७ वर्ष अगाडि सन् १९८४ मा नेपाल अरब बैंकको रुपमा स्थापित आजको नबिल बैंक आधुनिक बैंकिङको सुत्रधार मानिन्छ । आधुनिक बैंकिङ पद्धतिको विकासमा नबिलको योगदानको चर्चा विगतदेखि आजसम्म उत्तिकै गरिन्छ । नेपालकै सबैभन्दा पुरानो निजी क्षेत्रको पहिलो बैंक हो नबिल बैंक । लगातार दोस्रो पटक एशियाली बिकास बैंकको “नेपालमा लिडिङ पार्टनर बैंक २०२१” अवार्डबाट सम्मानित भएर नबिल बैंक थप विश्वसनीय, व्यवसायिक कार्यक्षमता भएको बैंकको रुपमा स्थापित भएको छ । एशियाली विकास बैंकको ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्रामद्वारा २०२१ का लागि नबिल बैंक लगातार दोस्रो पटक सम्मानित भएको हो । बैंकले समाजका हरेक क्षेत्रमा लगानी र व्यापारिक सुविधा दिएर नेपालकै अग्रणी बैंक बन्न सफल हुनुमा बैंकको सफल व्यवस्थापनको ठूलो हात रहेको छ ।

विकासमा एक आधारशिला

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायानुकुल सेवा प्रदान गर्दै आएको नबिल बैंकले हाल १सय ३५ शाखा, १सय ८७ एटिएम र १हजार ५सय भन्दा बढि नबिल रेमिट एजेन्टहरु मार्फत देशैभरी आफ्नो बलियो उपस्थिती जनाएको छ । बैंकले नेपालमा वित्तीय सेवा उद्योगको विकासमा एक आधारशिला कोरेको छ । बैंक सधैं आफ्नो तीन बलियो स्तम्भहरुः सेवामा उत्कृष्टता, टेक्नोलोजी, र नवीनताको लागि कटिबद्ध छ ।

पुष मसान्तसम्मको रिपोर्टअनुसार बैंकको चुक्ता पुँजी १८ अर्ब ४९ करोड रहेको छ भने जगेडा कोषमा १५ अर्ब ५८ करोड रहेको बैंकको प्रतिसेयर नेटवर्थ १ सय ८४ रुपैयाँ रहेको छ । बैंकले कुल १ हजार ३सय भन्दा बढी कर्मचारीमार्फत ७ वटै प्रदेशमा बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ । नबिल बैंकले दिगो बैंकिङको माध्यमबाट अहिलेसम्म बैंकिङ नगरेकाहरूलाई समेत वित्तीय पहुँच प्रदान गर्दै देशको सबैभन्दा दुर्गम स्थानहरूमा उद्यमशीलतालाई प्रवद्र्धन गर्ने उद्देश्य आत्मसाथ गरेको छ ।

उपाध्यक्ष : निरभान चौधरी अध्यक्ष : उपेन्द्र प्रसाद पौड्याल

नेपाल अरब बैंकदेखि नबिल बैंकसम्मको यात्रा

३७ वर्षअघि नबिल बैंकले सेवा सुरु गर्दा त्यहाँ खाता खोल्न आउनेहरु छक्क पर्थे। उतीबेला कागजी ढड्डामा अभ्यस्त ग्राहकहरु नबिलको अत्याधुनिक कम्युटर प्रणालीमा हिसाव राखेको देखेर खोई त ढड्डडामा भन्दै प्रश्न गर्थे । किनकि नेपालमा पहिलोपटक हिसाव खाता चुस्त दुरुस्त बनाउन नबिल बैंकले कम्प्युटर भित्र्याएको थियो । नबिल बैंकभन्दा पहिले राष्ट्रिय वाणिज्य र नेपाल बैंक जस्ता केही सरकारी बैंक मात्रै थिए । ती बैंकमा आउने र जाने पैसाको हिसाब कागजी ढड्डामा हुन्थ्यो ।

ग्राहकलाई विश्वासमा लिन नबिलले एउटा स्लोगन बनायो ‘Customer is always right’ (ग्राहक सँधै ठिक छन्) । यही मान्यताले आजसम्म पनि नबिल सर्वश्रेष्ठ बैंक रहँदै आएको छ । बैंकमा नेपालको एकमात्र फोब्र्समा सूचिकृत बिलियनियर बिनोद चौधरी परिवारको बहुमत स्वामित्व रहेको छ । नेपाल अरब बैंकको रुपमा स्थापित बैंकबाट युएईका लगानीकर्ता बाहिरिएपछि चौधरी परिवारको बहुमत शेयर भएको हो ।

कम्प्युटरबाट सेवा सुरु गरेको बैंकले बजारमा यसै पनि आफ्नो छुट्टै छवि बनाइसकेको थियो । बैंकमा चौधरी समूहको बहुमत सेयर भएपछि यो बोर्ड र व्यवस्थापन दुवै ठाउँबाट एग्रेसिभ पनि बन्यो । यसले बजारका अरु प्रतिस्पर्धी बैंकहरुलाई धेरै सूचकमा लामो समयसम्म पछि पार्योे । कर्मचारीको अथक मेहनतको फल नै आजको नबिल बैंक हो । प्रतिकुलतामा पनि अगाडि बढ्नुपर्छ र प्रतिकुलतालाई अनुकुलतामा बदल्नुपर्छ भन्ने सोचले नै नबिलको साखलाई अझ उचो पार्दै लगेको छ ।

सिइओ : अनिल केशरी शाह

सबै सूचकमा सबल

आर्थिक वर्ष २०७८-०७९ को पुष मसान्तसम्मको वित्तीय विवरणअनुसार नबिल बैंकका अधिकांश सूूचक सन्तोषजनक देखिएको छ । सेयर लगानीकर्तालाई लाभांशदेखि खुद आम्दानीलगायतका करिब एक दर्जन सूचकले नबिल बैंकलाई शीर्ष स्थानको ताज पहिराइदिएको छ । नबिल बैंकमा हालै युुनाईटेड फाइनान्स गाभिएपछि बैंक थप सबल बनेको छ ।

कुन कुन सूचक कस्तो छ ?

चुक्ता पुँजीको आधारमा : नबिल बैंकले आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरेको छ जसअनुसार नबिल बैंकको चुक्ता पुँजी १८ अर्ब ४९ करोड रहेको छ ।

जगेडा कोषको आधारमा : जगेडा कोषलाई हेर्ने हो भने नबिल बैंकको अन्य बैंकको भन्दा निकै बढी छ । संचित मुनाफा र शेयर प्रिमियम सहितको जगेडा कोष हेर्दा नबिल बैंकको जगेडा कोषमा १५ अर्ब ५८ करोड रहेको छ ।

निक्षेप र कर्जाको आधारमा : बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक रिपोर्ट अनुसार २ खर्ब ३२ अर्ब निक्षेप संकलन गरी २ खर्ब १५ अर्ब कर्जा प्रवाह गरेको छ ।

खुद व्याज आम्दानीको आधारमा : उपलब्ध वित्तीय विवरणको आधारमा पुष मसान्तसम्ममा नबिल बैंकले ४ अर्ब २१ करोड खुद व्याज आम्दानी गरेको छ ।

खुद मुनाफा : बैंकले २ अर्ब १८ करोड खुद नाफा गर्न सफल भएको छ ।

किताबी मूल्य : आर्थिक वर्ष ७८-७९ दोश्रो त्रैमासको वित्तीय विवरणको आधारमा नबिल बैंकको किताबी मूल्य १सय ८४ रुपैयाँ रहेको छ ।

वार्षिक प्रति शेयर आम्दानी : बैंकको वार्षिक प्रति शेयर आम्दानी प्रति शेयर आम्दानी २३ रुपैयाँ छ ।

वितरण योग्य मुनाफा : दोश्रो त्रैमाससम्म नबिल बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४५ करोड रहेको छ।

खराब कर्जा : बैंकको खराब कर्जा १ दशमलव ११ प्रतिशत छ ।

मूल्य आम्दानी अनुपात : माघ १६ गतेको बजार मूल्य अनुसार नबिल बैंकको करिव ४८ दशमलव ०३ गुणा रहेको छ ।

रणनीति

नबिल बैंकमा तल्लो तहबाट बढुवा हुँदै कर्मचारी माथिल्लो तहमा पुग्ने प्रचलन थियो । तर पिडब्लुसीको सुझावसँगै नबिल बैंकले उच्च तहमा व्यावसायिकता र विज्ञता हाँसिल गरेका व्यक्तिहरु बाहिरबाट ट्यालेन्ट हन्ट अन्तर्गत कर्मचारी लिने गरेको छ । डेपुटी सीइओ, जिएम, डिजिएम तथा म्यानेजर तहमा नबिल बैंकले विज्ञ व्यक्तिहरु भित्र्याउने रणनीतिले बैंकलाई आन्तरिक व्यवस्थापनदेखि सेवा प्रवाहसम्ममा थप सशक्त बनाएको छ । आफ्नो सीमित व्यवसायमा रमाएको नबिलले आक्रामक व्यवसाय बिस्तार र डिजिटल प्रणालीलाई अगाडि बढाउने रणनीति बैंकले लिएको छ ।

गत वर्ष २०७७-७८ मा नबिल बैंकले २३५ हजारले आाफ्नो ग्राहक संख्या बढाएको छ । गतवर्षको असार मसान्तमा ९,७६ हजार ७ लाख ग्राहक रहेको नबिल बैंकको पुष मसान्तसम्ममा आउँदा करिव ११,१६ हजार ९ लाख ग्राहक संख्या पु¥याएको छ । मोबाइल बैंकिङको प्रयोगकर्ताको संख्या पनि ७,०३ हजार माथि रहेको छ भने डेबिड कार्ड प्रयोगकर्ताको संख्या ५,४१ हजार हाराहारीमा रहेको छ ।

नबिल बैंकले उत्कृष्ट बैंकिङ सेवा मार्फत सेवाग्राहीको मात्र मन जितेको छैन, सिङ्गो देशको, व्यापारको, कृषिको र उद्योगलाई श्रीबृद्धि गर्ने गरी कार्य गरेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार ०८:२६   :  बजे

1.3K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।