काठमाडौं । पश्चिम नवलपरासीमा बुधबार गोली चल्दा एकजनाको मृत्यु भएको छ ।
पश्चिम नवलपरासीको सुस्तास्थित नाकाबाट केही नेपाली जबर्जस्ती भारततर्फ जान थालेपछि सशस्त्र प्रहरीले गोली चलाएको हो । गोली लागेर प्रतापपुर गाउँपालिका– ६ का २३ वर्षीय अविनाश राजभरको मृत्यु भएको नवलपरासी पश्चिमका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अजय केसीले पुष्टि गरेका छन् ।
उनका अनुसार सुस्तास्थित नाकाबाट केही नेपाली जबर्जस्ती भारततर्फ जान थालेपछि रोक्ने क्रममा प्रहरीलाई घेरेर ढुंगामुडा गर्न थालेपछि सशस्त्र प्रहरीले गोली चलाएको हो ।
सशस्त्र नायब निरीक्षक (सइ) शंकर बुढाथोकी ढुंगाले लागेर घाइते भएका छन् । सुस्ता गाउँपालिका– ५ स्थित नथुईबाट भारततर्फ जान लागेका व्यक्तिलाई सशस्त्र प्रहरीले रोकेको थियो ।
सशस्त्र प्रहरीले उनीहरुलाई फर्काएपछि पनि समूहमा आएर सशस्त्रमाथि ढुंगामुढा प्रहार गरेपछि झडप सुरु भएको थियो ।




















प्रतिक्रिया