Logo

प्रवास

निर्वाचन अनुगमन समिति गठन



लण्डन गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशन २२ मार्चदेखि २५ मार्चसम्म काठमाडौंमा हुने भएको छ । महाधिवेशनमा हुने निर्वाचन मूल्यांकन गर्न संरक्षक परिषदले सोमबार पाँच सदस्यीय निर्वाचन अनुगमन समिति गठन गरेको छ ।

महाधिवेशनको नेतृत्व चयनको लागि हुने निर्वाचन मूल्यांकनका लागि संघको बिधान २०२१ को दफा २१ को उपदफा ८ अनुसार निर्वाचन अनुगमन समिति गठन गरिएको हो ।

अनुगमन समितिमा दिल गुरुङ, हिक्मत थापा, बिश्वो आदर्श पण्डित, नरेन्द्र भाट र सनिकुमार ओली छन् ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलवार ०९:५०   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।